काठमाडौं– हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दूरीको सडक खण्ड भीमफेदी–दक्षिणकाली खण्डमा आजदेखि गाडी आवागमन बन्द गरिएको छ ।
दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने यस खण्डमा आजदेखि सडक स्तरोन्नतिको काम शुरु हुने भएकाले आउँदो चैत ३० गतेसम्म सडक बन्द रहने भएको हो ।
यो मार्ग हुँदै यात्रा गर्ने यात्रुले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ ।
अहिले काठमाडौंसम्म यात्रा गर्नका लागि कुलेखानी–चित्लाङ हुँदै काठमाडौं पुग्ने बाटो र कान्तिलोकपथ खुला रहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिइन् । उनका अनुसार नारायणगढ मुग्लिन सडक खण्ड हुँदै पनि काठमाडौं आउन सकिनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar