काठमाडौं– पोखरामा तीन दिने कृषि यान्त्रीकरण एक्सपो आजदेखि सुरु भएको छ । ‘कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने नाराका साथ पहिलो पटक प्रादेश अन्तर्गत कृषि यन्त्र र प्रविधि सम्बन्धी वृहत् प्रदर्शनी सुरु भएको हो ।
गण्डकी प्रदेशको पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आज, भोलि र पर्सिसम्म सो मेला जारी रहने नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) की उपाध्यक्ष सुनिता नेम्खेवाले बताइन् । सो प्रदर्शनी बिहान १० देखि ५ बजेसम्म खुल्ला रहनेछ ।
प्रदर्शनीमा ६० भन्दा धेरै स्टलहरु रहनेछ भने करिब ५ करोड मूल्य बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ । कृषक, कृषि कर्मी, उद्यमी, व्यवसायी, कृषि बिग्य, राजनीतिकर्मी, विद्यार्थी, कर्मचारी लगायत करिब २० हजारले मेलाको अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar