काठमाडौं – नेपाल–भारत संयुक्त आयोगको ७ औँ बैठक भोलि बिहीवार र पर्सि शुक्रवार काठमाडौंमा हुने भएको छ । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री एनपी साउद र सहअध्यक्षता भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र विभिन्न सहयोग तथा सम्झौताबारे समीक्षा गर्नेछ । मन्त्रालयले आज बुधवार एक विज्ञप्ति निकालेर भोलि र पर्सि हुने बैठकमा ऊर्जा, जलस्रोत, परराष्ट्र सम्बन्धलगायतका आपसी सहयोगका विभिन्न क्षेत्रहरूमा छलफल हुने जनाएको छ ।
बैठकका लागि भारतीय विदेशमन्त्री जयशंकर भोलि काठमाडौं आइपुग्ने तालिका रहेको छ । उनले नेपालमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्रीले उनको सम्मानमा रात्रिभोज पनि आयोजना गर्ने कार्यक्रम छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar