काठमाडौं– प्रहरी नियन्त्रणमा रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहितका नेता–कार्यकर्ता रिहा भएका छन् ।
‘धोती दिवस’ मनाउन माइतीघर मण्डलमा भेला भएकाका बेला पक्राउ परेका जनमतका अध्यक्ष सिके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीलगायत नेता कार्यकर्ता दिउँसो २ बजे रिहा भएको पार्टीका सचिव बिपी साहले जानकारी दिए ।
‘धोती’लाई राष्ट्रिय पोशाकको मान्यता दिइनुपर्ने माग राख्दै जनमतले सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरेको थियो ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै उनीहरुलाई पक्राउ गरेर पुलिस क्लबमा राखेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar