काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले राज्यको सुरक्षा संयन्त्र कमजोर हुँदा पुस १३ गते शुक्रबार बालकुमारीमा अप्रिय घटना भएको बताएका छन् ।
सोमवार प्रतिनिधिसभाको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै पाण्डेले ईपीएस भाषा परीक्षाको विषयलाई लिएर शुक्रबार बालकुमारीमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटनामा राज्यको सुरक्षा संयन्त्र कमजोर भएकाले त्यस्तो स्थीती आएको बताएका हुन् । घटना भएको दिन आफू घटनास्थल नजिकै रहेको बताँउदै पाण्डेले तिनओटै सुरक्षा निकायले घटनालाई अनुसन्धान गर्न नसक्दा त्यस्तो अवस्था आएको बताए ।
घटना घटेको दिन आफू पार्टीको बैठकमा सहभागी हुन आन्दोलनरत स्थल बालकुमारी हुँदै गएको र प्रहरीहरुको उल्लेख्य उपस्थिती भएपनि प्रहरीले सतर्कता भने नअपनाएको भन्दै आपत्ति जनाए । पानीजहाज निर्माणको कामका लागि दिएको भाषा परीक्षामा फेल भएकाहरुले उत्पादनमूलक कामका लागि लिइने भाषा परीक्षामा पनि सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका थिए । त्यही क्रममा शुक्रबार झडप भएको थियो ।
यसबारे श्रम मन्त्रालयले बेलैमा सूचना नदिएको भन्दै आलोचना भइरहेको छ । त्यस्तै झडप भइरहेको समयमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला आन्दोलनस्थलमा पुगेका थिए । मन्त्री त्यस क्षेत्रमा पुगेको केहीबेरमा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar