काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन् ।
आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको भन्दै तत्काल हटाउन गृहमन्त्रीलाई आग्रह गरेका हुन् ।
उनले भने, ‘माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस् । यसको पनि कारण छ । हेर्दा सामान्य लाग्छ । आज धोती जुलुस भयो, पोल्टिकल स्टेटमेन्ट हो । उहाँहरूले सरकारले सुन्छ भनेर माइतीघरमा देखाउन खोज्नुभएको हो । हिजो हामीले त्यही गरेको हो । तर अहिले माइतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि बल प्रयोग गर्नुपरेको छ । लोकतन्त्रमा माइतीघरलाई एउटा ठाउँ बनाएको हो । माइतीघरमा निषेधाज्ञाको औचित्य छैन, तत्काल खारेज गर्न अनुरोध गर्छु ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar