काठमाडौं– बजारमा प्याजको मूल्य घटेको छ । चीनबाट प्याज आयात भएसँगै प्याजको मूल्य घटेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महिना अगाडिको तुलनामा सुकेको प्याजको औसत मूल्य १९ प्रतिशतले घटेको छ ।
गत मंसिर १५ गते एक किलो प्याजको मूल्य ९७ रुपैयाँ थियो भने हाल घटेर प्रतिकिलो प्याजको मूल्य ८० रुपैयाँ पुगेको छ । कालीमाटी बजार समितिको दैनिक मूल्यसूची अनुसार आज भारतीय सुकेको प्याजको न्यूनतम मूल्य ८० रुपैयाँ प्रतिकिलो छ । यस्तै, चाइनिज प्याजको मूल्य ६७ रुपैयाँ प्रतिकिलो छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar