काठमाडौं– ललितपुरको बालकुमारीमा प्रदर्शनका क्रममा पक्राउ गरिएका ७३ जनालाई छाड्ने तयारी गरिएको छ ।
पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई कुनै मुद्दा नचलाई आजै छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएको र भौतिक सम्पती तोडफोड गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
उक्त घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar