काठमाडौं– घरायसी विवादका क्रममा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका–३ करमथली टोलमा ३५ वर्षीय दीपक बुढाथोकीले गत पुस १० गते ७८ वर्षीया कृष्णमाया बुढाथोकीलाई कुटपिट गरेका थिए ।
कुटपिटपछि उनी भोलिपल्ट घर छाडेर हिँडेका थिए । सोही साँझ ५ः३० बजे कृष्णमाया आफ्नै घरको ढोका अगाडि मृत फेला परेकी थिइन् । प्रहरीका अनुसार उनको आँखामुनि नीलडाम रहेको पाइएको छ ।
कुटपिट गर्ने दीपक भने फरार रहेका छन् । उनको खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar