काठमाडौं– काठमाडौंमा २४ थान नक्कली नोटसहित एक जना पक्राउ परेकी छन् । रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङ पक्राउ परेकी हुन् ।
उनलाई गोकर्णेश्वर नगरपालिका–४ बाट १ हजार दरको २४ थान नक्कली नोटसहित बिहीबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नक्कली नोटको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले नोटसहित उनलाई पक्राउ गरेको हो ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar