काठमाडौं– लोक रक ब्यान्ड नेपथ्यले ‘पचासै वर्षमा’ भने एउटा गीत र त्यसको भिडियोमा आफूले बाँचेको यस कालखण्डको छोटो चर्चा गरेको गीत सार्वजनिक गरेको छ ।
ब्यान्डले आजै गीत सार्वजनिक गरेको हो ।
सामाजिक विसङ्गतिमाथि कटाक्ष गर्दै गीतले ‘अझै पनि इमान जमान भएका मानिस भेटिन सक्छ’ भनेर आशा पनि दर्शाएको छ ।
आफ्ना सिर्जनामा नयाँ–नयाँ प्रयोग रुचाउने अमृतले यस गीतको बीचमा मन्त्र पाठको भावना पनि समेटेका छन् ।
‘पचासै वर्षमा’ को म्युजिक भिडियोमा अखबारका कटिङहरूमार्फत नेपथ्य ब्यान्डको यात्रालाई पनि देखाइएको छ । ‘नेपथ्यका नयाँ र पुराना झलकहरूलाई टेलिभिजन प्रविधिको विकास क्रममा समेट्दै परिवर्तनशील समयको विम्बका रूपमा प्रस्तुत गरेको छ ।
नेपथ्यको एघारौँ एल्बमका लागि तयारी चलिरहेको बेला ब्यान्डले यो नयाँ गीत सार्वजनिक गरेको हो । गत वर्ष यसै एल्बमको ‘भटभटे’ गीत सार्वजनिक गरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar