काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी तोकिएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेकाले नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।
अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले गभर्नर अधिकारीको शैक्षिक योग्यता स्नातक मात्रै रहेको भन्दै नियुक्ति बदरको माग राखी सर्वोच्चमा बिहीबार रिट दर्ता गराएका थिए । सोही रिटमाथि शुक्रवार प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
गभर्नर अधिकारी २०७६ चैत २४ गते नियुक्त भएका थिए । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा नेपाल राष्ट्र बैंकका गभर्नर पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर रहनुपर्ने भनिएको छ ।
गभर्नर अधिकारीले पेश गरेका शैक्षिक प्रमाणपत्रमा उनी चार्टड एकाउन्टेन्ट मात्रै रहेको देखिएको र चार्टड एकाउन्टेन्ट भनेको स्नातकोत्तर नभई स्नातक पद रहेको रिटमा दावी गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar