काठमाडौं– परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसी सेनामा सयजना नेपाली घाइते र हराइरहेका उजुरी आएको बताएका छन् ।
रासससँगको कुराकानीमा उनले केही नेपालीहरु भर्ना भएको र भर्ना भएकामध्ये हालसम्म सात जना मारिएको जानकारी रुस सरकारले नै गराएको बताएका छन् ।
‘रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ,’ मन्त्री साउदले भनेका छन्, ‘यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।’
बेपत्ता भएकाको खोजीका लागि नेपालस्थित रूसी राजदूतलाई मन्त्रालयमा बोलाएको उनले बताए । राजदूतलाई आफूहरूले यसबारे चासो राखेकोबारे सरकारसम्म पु¥याउन स्पष्ट सन्देश दिएको पनि मन्त्री साउदले बताए । काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका करिब दुई सय जना नेपाली युवा सेनामा भर्ना भएको आशंका गरिएको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar