काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
ठमेलस्थित सरस्वती बहुमखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आज उनले गाउँ रित्तिने अवस्थाको समाधान खोज्न आग्रह गरेका हुन् ।
“लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने नागरिकको अभावमा गाउँ किन रित्तिदै छन् रु नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ”, राष्ट्रपति पौडेलले भने ।
उनले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली नागरिक ताँती लागेर विदेशिने क्रमलाई रोक्ने गरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी रहेको बताए ।
राष्ट्रपति पौडेलले कुनै पनि देशको शिक्षा सामाजिक, आर्थिक अवस्था र आवश्यकताअनुरुप निर्धारण हुनुपर्नेमा जोड दिँदै बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पु¥याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति तथा कार्यक्रम निर्माण गर्न सुझाव दिए ।
“यसका लागि सामूहिक प्रयत्न जरुरी छ, जसको थालनी उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाबाट हुन आवश्यक छ”, उनले भने ।
विसं २०१६ पुस १० गते स्थापना भएको सरस्वती क्याम्पसमा हाल दुई सयभन्दा बढी प्राध्यापक र २५ कर्मचारी कार्यरत छन् । सो क्याम्पसमा स्नातक र स्नातकोत्तर तहअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रममा करिब सात हजार विद्यार्थी अध्ययनरत छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar