काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो तीन बजे उनले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । उनी गएको वर्ष पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएक थिए । लगत्तै उनले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएका थिए ।
सरकारले बितेको एक वर्षमा गरेका काम र प्रयासबारे जानकारी दिन प्रधानमन्त्ती प्रचण्डले सम्बोधन गर्न लागेको प्रधानमन्त्री प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar