विराटनगर– विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । आज बिहान ६ः४५ बजे कोशी अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
विराटनगर–१० का ४८ वर्षीय चण्डेश्वर सहनी लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका थिए । सहनीको आज कैद भुक्तान सकिने दिन थियो । कैद भुक्तान सकिने दिन नै उनको मृत्यु भएको छ ।
पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई ७ः ३० बजे अस्पतालमा भर्ना गराएका र उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतकका आफन्तहरूले भने समयमै जानकारी नदिएको उपचारमा लापरबाही भएको भन्दै अहिले अस्पताल परिसरमा नाराबाजी सुरु गरेका छन् ।
सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मङ्सिर २० गते १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो ।
अदालतले फैसला गरेपछि फरार रहेका उनलाइ २०७९ माघ १७ गते पक्राउ गरि अदालतमा उपस्थिति गराएर कारागार चलान गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar