काठमाडौं – पूर्वी नवलपरासीमा बाघको आक्रमणबाट सासूबुहारीको ज्यान गएको छ ।
विनयत्रिवेणी गाउँपालिकाको विनय सामुदायिक वनमा घाँस काट्न गएका ६० वर्षीया मनादेवी पौडेल र उनकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत भेटिएका हुन् ।
दुवै जनाको बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । हिजो दिउँसो सासूबुहारी घाँस काट्न जङ्गल गएका थिए । राति अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय बासिन्दा र प्रहरीले खोजी गर्ने क्रममा उनीहरु मृत अवस्थामा भेटिएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar