काठमाडौं – देशभरका उच्च अदालत र उच्च अदालतका इजलासहरूमा आजदेखि स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ ।
उच्च अदालत पाटनमा आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित पेसी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका हुन् । उनले सबै उच्च अदालतमा पनि मानवको हस्तक्षेपविहीन ढङ्गले पेसी तारेख व्यवस्थापन प्रणाली शुरु गरिएको भन्दै यो न्यायिक इतिहासकै एक सुखद क्षण भएको बताए ।
प्रधानन्यायाधीश श्रेष्ठले यो प्रविधिले उच्च अदालतमा पनि सेवाग्राहीलाई विना भेदभाव पेसी तारेख लिन पाउने र अदालतमा अनियमितता नहुने कुराको सुनिश्चित भएको दाबी गरे । उनले प्रणालीसँगै पेसी तारेखका लागि अब कसैको भनसुन वा आग्रहमा हुने कुराको पनि अन्त्य भएको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar