धादिङ – सिद्धलेक ४ सलाङमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले एक करोड चौवालिस लाख खुद नाफा आर्जन गरेको छ ।
शनिवार संस्थाद्धारा आयोजित् २४ औं साधारणसभामा संस्थाका अध्यक्ष डिल्ली प्रसाद पाठकले आर्थिक प्रतिवेदन पेश गर्दै गत आ.व.२०८०/८१ मा सहकारीले एक करोड चौवालिस लाख खुद नाफा आर्जन गरेको जानकारी दिएका हुन् । त्यस्तै गत आ.व. को २०८० असार सम्ममा ३ करोड ७५ लाख शेयर पुँजि, २५ करोड २० लाख बचत रकम संकलन गर्दै ४८ करोड १६ लाख रकम कृषकहरुमा ऋण परिचालन गर्दै कूल १५ करोड ७३ लाख आम्दानी गरेको समेत जानकारी दिए ।
सहकारीमा हालसम्म १ हजार ७२६ जना शेयर सदस्य र ३०८ वटा सदस्य समुह रहेको संस्थाका प्रवन्धक गोपाल सिलवालले जानकारी दिए । प्रवध्क सिलवालका अनुसार सहकारीले कृषकहरुले पालेका पशुवस्तुलाई समेत पोषण भत्ता उपलव्ध गराँउदै आएको छ । सहकारीले असार २०८० सम्ममा १ हजार ६६ जना कृषकले पालेको २ हजार २७४ पशु वस्तुलाई ५ लाख ८७ हजार रुपैया पोषण भत्ता प्रदान गरेको छ । त्यसबापत सहकारीले १४ करोड २८ लाख रुपैमा पशु पालनमा लगानी गरेको सिलवालले बताए ।
संस्थाको २४ औं वार्षिक साधारणसभामा प्रतिनिधीसभाका सांसद तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । पाण्डेले सलाङको सानाकिसान सहकारीले स्थानिय तहको कृषि शाखाले सञ्चालन गर्ने गरेको कृषि कार्यक्रम भन्दा बढि काम गरेको भन्दै प्रशंसा गरेका थिए । सहकारीले कृषकको कृषि उपजको न्यूनतम समर्थन मुल्य तोकेर कृषकका उत्पादन खरिद गर्ने गरेकोले यस्ता कृया कलापले कृषकलाई थप सक्षम अनि व्यवसायी बनाउन मद्तद्ध गरेकोसमेत बताएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar