काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले अफगानिस्तानमा १० लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणको चपेटामा परेको जनाएको छ ।
काबुलबाट प्रसारण हुने अफगानी समाचार च्यानल टोलो न्यूजका अनुसार डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले कुपोषणविरुद्ध लड्न अफगानिस्तानलाई १८ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् ।
उनले एक्स ट्वीटर मा लेखेका छन्, “अफगानिस्तानको कुल जनसङ्ख्याको ३० प्रतिशतले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।”
उनले भने, “करिब १० लाख बालबालिका गम्भीर कुपोषित छन् भने २३ लाख बालबालिका मध्यम खालको कुपोषणबाट पीडित छन् । विश्व स्वास्थ्य संगठनलाई कुपोषण र खाद्य असुरक्षाको परिणामबाट बढी भन्दा बढी अफगान बालबालिका र महिलाहरूको मृत्यु हुनबाट रोक्न औषधि प्रदान गर्न र अस्पतालहरूलाई सहयोग गर्न १८ करोड ५० लाख अमेरिकी डलर आवश्यक छ ।”
अफगानिस्तानको तालिवानद्वारा नियुक्त सार्वजनिक स्वास्थ्य मन्त्रालयले देशमा कुपोषित आमा र बालबालिकाको सङ्ख्या विगतका वर्षहरूको तुलनामा केही बढेको जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar