काठमाडौं– कोरियन भाषा परीक्षा (इपीएस) को लागि अहिलेसम्मकै धेरै आवेदन परेको छ ।
वैदेशिक रोजगार विभागको इपिएस शाखाका अनुसार शुक्रबारसम्म एक लाख २५ हजारभन्दा धेरैले फारम भरेका हुन् ।
यही पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएको थियो । शुक्रबार राति १२ बजेसम्म आवेदन दिने अन्तिम समय रहेको छ ।
तोकिएको अवधिभित्रमा आवेदन दिनेको संख्या दुई लाखसम्म पुग्ने इपिएस शाखाको अनुमान छ ।
गएको साउनमा पानी जहाज निर्माणसम्बन्धि कामको लागि इपिएस परीक्षामा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यसपटकको परिक्षामा सहभागि नगर्ने गरी आवेदन खुलाइएको थियो ।
तर अनुत्तीर्ण भएका १८ जनाले यस निर्णयमा असहमती जनाउँदै उच्च अदालत पुगेका थिए। अदालतले जहाज निर्माणसम्बन्धि परिक्षामा अनुत्तीर्ण भएकाहरूलाई पनि यसपटकको भाषा परीक्षामा सामेल गराउन आदेश दिएको थियो ।
दक्षिण कोरिया सरकारले सन् २०२४ का लागि उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि नेपालबाट १५ हजार ८ सय ४८ जनाका लागि आवेदन खुलाएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar