काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माण सम्पन्न चार सय केभी. इनरुवा जीआईस सबस्टेसन उद्घाटनको क्रममा आज उनले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढङ्गबाट क्रमभङ्ग गर्ने कोसिस गरिरहेको बताए । अबको निर्णय नागरिकको साथमा हुने उनले बताए । उनले नागरिकको निरासा चाँडै नै आशामा परिणत हुने दाबी समेत गरे ।
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा बनेको चार सय केभी. इनरुवा जीआईस सबस्टेसन नेपालकै दोस्रो ठूलो सबस्टेसन हो । प्रधानमन्त्री प्रचण्डले ४००÷२२०÷१३२÷३३ केभी क्षमताको सबस्टेशनको उद्घाटन गरेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar