काठमाडौं– काठमाडौं महानगरपालिकाले नगरभित्रका विद्यालयलाई चाडपर्वका नाममा विद्यार्थीलाई नियमित पोसाकभन्दा फरक पोसाक किन्न बाध्य नपार्न निर्देशन दिएको छ ।
आज नगरभित्रका विद्यालयका नाममा सूचना निकालेर महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न लगाएको पाइएमा त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।
‘तोकिएको विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारी लागि अनुरोध छ ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar