काठमाडौं– बालिकालाई यौनजन्य काममा लगाएको आरोपमा प्रहरीले एक गेस्ट हाउसका म्यानेजरलाई पक्राउ गरेको छ ।
काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा म्यानेजरको काम गर्ने नुवाकोट तादी गाउँपालिका–६ का २४ वर्षीय सुमन तामाङलाई मानव बेचबिखन ब्युरोको टोलीले पक्राउ गरेको हो ।
तामाङ म्यानेजर रहेको उक्त होटलबाट चार जना बालिकालाई पनि उद्धार गरिएको ब्युरोका प्रवक्ता कृष्णप्रसाद पगेनीले जानकारी दिए ।
उद्धार गरिएका बालिकाहरू १४, १६, १७ र २० वर्षका छन्। उनीहरूलाई होटलमा वेटरको काम लगाइदिन्छु भन्दै ललाइ फकाइ ल्याएर यौनकार्यमा लगाएको पाइएको एसपी पगेनीले बताए ।
यसरी ५÷६ महिनादेखि नै ती बालिकाहरूलाई यौनजन्य काममा लगाएको पाइएको एसपी पगेनीले जानकारी दिए । उनीहरूलाई त्यस्तै कामका लागि अन्य गेस्ट हाउसमा जानबाहेक त्यहाँबाट बाहिर जान नदिने गरेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
प्रहरीले होटल सञ्चालको खोजी गरिरहेको छ । म्यानेजर पक्राउ परेपछि सञ्चालक फरार रहेको एसपी पगेनीले जानकारी दिए । पक्राउ परेका म्यानेजरलाई भने जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar