काठमाडौं – कुमारी बैंक अवकाश कोषले सञ्चयकोष, अवकाष कोष, उपदान कोष, संचित बिदा कोषलगायत अन्य कोषको खाता खोल्ने संचित बचतको ८५ प्रतिशतसम्म कर्जा दिने एवं अवकाश पाएका कर्मचारीको संचित कोष रकम फिर्ता भुक्तानी दिने जस्ता कार्यहरु गर्दै आएको छ ।
कोषले गत २०८० असार मसान्तसम्मको संचित बचतबाट ७८ प्रतिशत रकम कोषमा सहभागी कर्मचारीलाई सोही अवधिको संचित अवकाश कोषमा रहेकोे औसत मौज्दातको एक प्रतिशत लाभांश रकम अवकाश कोष खातामै जम्मा हुने गरी वितरण गरिएको छ ।
उक्त कोषले विगत वर्षहरुमा पनि आफ्नो संचित बचत रकमबाट आफ्ना बचतकर्तालाई लाभांश वितरण गर्दै सबै व्यक्तिगत संचयकर्ताका लागि प्रत्येक वर्ष २० हजारसम्मको निःशुल्क औषधोपचार बिमा, १० हजारसम्मको सुत्केरी तथा शिशु हेरचाह खर्च र १० हजारसम्मका काजक्रिया खर्च प्रधान गर्दै आएको बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar