काठमाडौं – लगातार सातौं दिन आज पनि सेयर बजार दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ३९ अङ्कले बढेर दुई हजार एक सय ४१ दशमलव ८७ विन्दुमा पुगेको छ ।
आज होटल र पर्यटनबाहेक अरू सबै समूहको सेयर उकालो लागेकोमा लगानी समूहको सेयर उच्च अङ्कले बढेको छ । आज १५ वटा कम्पनीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
समग्रमा बजार उच्च अङ्कले बढेको दिन आज सबैभन्दा धेरै कुमारी दीघार्यु बचत योजनाको सेयर भने झन्डै चार प्रतिशतले घटेको छ ।
कारोबार रकमले आज पछिल्लो एक वर्षयताकै रेकर्ड तोडेको छ । आज एक करोड ९९ लाख ६३ हजार कित्ता सेयर सात अर्ब ९५ लाख रुपैयाँमा कारोबार भएका छन् ।
पछिल्लो एक वर्षभन्दा लामो समयदेखि कारोबार रकम सात अर्ब रुपैयाँ पुगेको थिएन । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३७ करोड ३४ लाख र सोल्टी होटलको २४ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar