काठमाडौं– नवलपुरमा १६ वर्षीय बालिकाको जबर्जस्ती बालविवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका छन् ।
नवलपुर सदरमुकाम कावासोती नगरपालिका–१० मगरकोटका ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका हुन् ।
बालविवाह भएको भन्ने सूचना पाउनासाथ विवाह गर्ने र गराउने ५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले बताए ।
उनका अनुसार बालिकाको भाउजूले उजुरी दिएकी थिइन् । उजुरीमा मंसिर २९ गते आफ्नो घरबाट केही पर रहेको सानीमाको घर लगेर १६ वर्षकी छोरीलाई उनकी आमाले विवाह नगर्ने भए आफू झुण्डेर मर्ने भन्दै विवाह गर्न दबाब दिएको उल्लेख गरिएको छ ।
उनीहरूलाई मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा १७३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक शर्माले बताए ।
उक्त दफाअनुसार जबर्जस्ती बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar