काठमाडौं– नेपाल वायुसेवा निगमले दुई कर्मचारीलाई निलम्बन गरेको छ ।
निलम्बन पर्नेमा यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव रहेका निगमका मानव संसाधन विभागका प्रमुख अशोक सिग्देलले बताए ।
पोखरेल र यादव नक्कली कागजातका आधारमा कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा गत मंसिर १९ गते पक्राउ परेका थिए । प्रहरीले आज पोखरेल र यादव पक्राउको जानकारी गराएपछि उनीहरुलाई निलम्बनको पत्र काटिएको सिग्देलले बताए ।
अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइने गरेको खुलासा यसअघि प्रहरीले गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar