काठमाडौं – आज पनि सेयर बजार बढेर हरियाली भएको छ । सेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ९८ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव ४८ विन्दुमा पुगेको छ ।
नेप्से गएको साउनयता पहिलो पटक २१ सय विन्दुभन्दा माथि पुगेको हो । आज सबै समूहको सेयर उकालो लागेकोमा उत्पादन र होटल समूहको सेयर उच्च अङ्कले बढेको छ ।
आज ११ वटा कम्पनीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको सेयर भने सात प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज बजार बढे पनि कारोबार रकम भने हिजो सोमवारभन्दा घटेको छ । आज एक करोड ६४ लाख कित्ता सेयर पाँच अर्ब ९८ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३७ करोड ४३ लाख र सोल्टी होटलको सेयर २८ करोड ७३ लाख रुपैयाँमा किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar