काठमाडौं– एनसेलको कारोबारमा कमजोरी रहेको पाइएमा कारबाही गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बतएका छन् ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री दाहालले एनसेल खरिद–बिक्री प्रकरणमा बनाइएको समिति स्थायी संरचनालाई पन्छाउने उद्देश्यले नभएको समेत स्पष्ट पारेका छन् ।
’समग्र लगानी, दूरसञ्चारको विकास–विस्तारका विषयमा छलफल गरेपछि अध्ययन तथा छानबिन समिति बनाइएको हो । कसैलाई ओभरल्याप गर्नको लागि छानबिन समिति बनाइएको होइन,’ उनले समितिमा भने ।
मुलुकमा अनुसन्धानको लागि अन्य स्थायी संरचना भए पनि नयाँ छानबिन समिति बनाइएको भन्दै केही सांसदहरूले प्रश्न उठाएका थिए ।
प्रधानमन्त्री दाहालले सेयर खरिद–बिक्री र हक हस्तान्तरणका सवालमा भएको कारोबार र लगानी तथा अन्य विषयमा छलफल गर्ने भनिएकाले यो करको विषयमा मात्रै केन्द्रित नभएको पनि बताए ।
यो समितिलाई विदेशी लगानीमा पर्ने असर, कर तथा राजस्वमा पर्ने असर तथा प्रभाव र भविष्यमा गर्नुपर्ने सुधार समेत अध्ययन गर्ने गरी कार्यादेश दिएको उनले जानकारी गराए ।
सरकारले पूर्व महालेखा परीक्षण टंकमणि शर्माको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अहिलेसम्म एनसेलबाट सेयर खरिद–बिक्रीको औपचारिक जानकारी नआएको र छानबिन समितिले यसमा अध्ययन गरिरहेको बताएकी छन् ।
एनसेलमा रहेको आजियाटाको स्वामित्वको ८० प्रतिशत सेयर नेपाली साझेदार सतिश लाल आचार्यकै युकेस्थित स्पेक्ट्रलाइट युके लिमिटेड कम्पनीलाई बिक्री गरिएको थियो । अजियाटाले एक अर्ब ३६ करोड अमेरिकी डलरमा खरिद गरेको यो सेयर बिक्री भने ५० करोड अमेरिकी डलरमा गरेको सूचना सार्वजनिक गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar