एजेन्सी– चीनमा भूकम्प जाँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । अहिले उद्धारको काम भइरहेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कान्सुमा एक सय जनाको ज्यान गएको छ ।
त्यसैगरी छिङ्हाइमा ११ जनाको ज्यान गएको विवरण छ । भूकम्पले यातायात, सञ्चार, विद्युत् तथा पानीको आपूर्ति बन्द भएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक चिसो छ ।
चीनका राष्ट्रपति सी जिन पिङले मध्यरातमा गएको भूकम्पपछि प्रभावित मानिसको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न खोजी र उद्धारमा जुट्न र आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिएका छन् । क्षति न्यूनीकरण गर्न समयमै घाइतेहरूको उद्धार र उपचार गर्न र भूकम्पको अवस्था र मौसम परिवर्तनलाई नजिकबाट नियाल्न उनले आग्रह गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar