काठमाडौं– सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ ।
गत मंसिर ५ गते न्याय परिषद्ले उनीहरूलाई सर्वोच्चमा नियुक्तिको सिफारिस गरेको थियो । परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।
मंसिर २९ देखि संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ थालेको थियो । अब उनीहरुको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने सुनुवाइ समितिले निर्णय गरेको हो ।
समितिबाट नाम अनुमोदन भएमा राष्ट्रपतिबाट नियुक्त गर्ने व्यवस्था छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar