काठमाडौं– त्रिभुवन विश्वविद्यालयले आज ४९ औं दीक्षान्त समारोहको आयोजना गर्दै छ ।
दशरथ रङ्गशालामा आयोजना हुने उक्त दीक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहने जनाइएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयबाट यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुँदैछन् । दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि बिहान १० बजेदेखि नै प्रवेश खुला गरिने बताइएको छ । औपचारिक कार्यक्रम बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।
त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालका अनुसार २०७९ को असारदेखि २०८० को असारसम्म पासआउट भएका विद्यार्थीमध्येबाट सोमबार दीक्षित हुन लागेका हुन् ।
अनलाइन मार्फत आवेदन दिएका ७३ हजार विद्यार्थीहरू दीक्षित हुन लागेको उनको भनाइ छ ।
यसपटक एमफील, स्नातकोत्तर र स्नातक तहका गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गरारिँदैछ । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने सूचना अधिकारी दाहालले बताए ।
दीक्षान्त समारोहमा सहभागी भएका विद्यार्थीलाई ५६ वटा स्टलबाट प्रमाणपत्र वितरण गरिने छ । एमफील÷पीएचडीका विद्यार्थी र पदक पाउने विद्यार्थीलाई भने स्टलहरूबाट नभई राष्ट्रपतिको हातबाट नै पदक प्रदान गरिनेछ ।
ती बाहेक विद्यार्थीलाई भने ५३ वटा स्टलबाट वितरण गरिने दाहालले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar