काठमाडौं–एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीको विवादका विषयमा सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट स्थगित सूचीमा परेको छ ।
आज सर्वोच्चका न्यायाधीश शुष्मालता माथेमाको इजलासमा परेको पेशी विवेदकको कानून व्यवसायीका तर्फबाट स्थगनको निवेदन परेपछि छैटौं पटक पेशी स्थगित भएको हो ।
सांसद सिंहले दर्ता गरेको रिटमाथिको यो छैटौं पेशी हो । यसअघि पाँच पटक पेशी तोकिए पनि सुनुवाई हुन सकेको थिएन ।
सांसद सिंहले ऐनसेलको सेयर किनबेच प्रक्रिया तत्काल रोक्न र कानूनी मान्यता नदिने अन्तरिम आदेश हुनुपर्ने माग गरेर गएको मंसिर २२ गते रिट दर्ता गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar