काठमाडौं– पेस्तोल र लागुऔषध खैरो हेरोइनसहित भक्तपुरबाट दुईजना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार भक्तपुरको सुर्यविनायक नगरपालिका–१० नलिन्चोक क्षेत्रबाट इलाम नगरपालिका–९ का ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका–२ का लेख बहादुर कार्कीलाई पक्राउ गरेको हो ।
कार्यालयका सूचना अधिकारी एसपी मिलन केसीका अनुसार त्यस क्षेत्रमा लागु औषध कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीको टोली खटिएको थियो ।
पक्राउ परेका दुईजनाको साथबाट केएफ ७.६५ लेखिएको ५ राउन्ड गोली लोड भएको म्याग्जीनसहितको पेस्तोल एक थान, पेस्तोलमा लाग्ने खाली म्याग्जिन र ५ ग्राम खैरो हेरोइन बरामद भएको एसपी केसीले जानकारी दिए ।
उनीहरूलाई लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त जगाती पठाइएको एसपी केसीले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar