काठमाडौं– लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारीको समयमा बिदा दिने विधेयक प्रमाणीकरण भएको छ ।
अब उक्त विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ ।
महिनावारी (पिरियड्स) बिदा दिने व्यवस्थासहित प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको
विधेयक प्रदेश प्रमुख अमिक शेरचनले गत मंसिर २१ गते प्रमाणीकरण गरेका हुन् ।
उक्त विधेयक भदौ २२ गते प्रदेशसभामा पेस भएको थियो। सभामुख तुलराम घर्तीले झन्डै तीन महिनापछि त्यो विधेयक प्रदेश प्रमुख शेरचनकहाँ पठाएपछि बल्ल प्रमाणीकरण भएको हो ।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री सन्तोषकुमार पाण्डेले प्रमाणीकरण भइसकेकाले अबको साता दिनभित्र विधेयक राजपत्रमा प्रकाशित हुने र प्रकाशित भएको चार दिन पछि कार्यान्वयनमा जाने बताए ।
विधेयक कार्यान्वयनको चरणमा प्रवेश गरेपछि महिनावारी हुँदा महिला कर्मचारीले एक दिनको बिदा पाउने उनले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar