मधेस – मधेस प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगितामा सिरहाले आफ्नो कब्जा जमाएको छ । प्रतियोगितामा आज भएको फाईनल खेलमा जित निकालेको हो । बाराले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
ब्याटिङ गर्न उत्रेको बाराको टिमले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै ७५ रन बनाएको थियो । जवाफमा सिरहाको टिमले ७६ रन बनाउँदै विजयी भएको थियो । खेलमा मेन अफ द मेच अनुराधा चौधरीले २६ रन बनाएकी थिइन् ।
यता दोस्रो खेलमा बारा र सर्लाही बिच भएको थियो । जसमा बाराले जित हात पारेको छ । बाराको टिमले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित १५ ओभरको खेलमा ४ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो ।
७६ रनको लक्ष्य पाएको सिरहा टिम निर्धारित १६ ओभर १ बल खेल्दै मात्र ७६ रन बनाउँदै विजयी भएको हो । प्रधानमन्त्री कप टि—२० महिला क्रिकेट प्रतियोगिताका लागि मधेस प्रदेश टिमको खेलाडी छनोट गर्न उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगिता मंसिर २४ गते २८ गते आज (बिहीबार) सम्म चलेको थियो । उक्त प्रतियोगितामा रौतहट, सर्लाही, बारा, महोत्तरी, सिरहा र सप्तरी गरी ६ जिल्लाका महिला खेलाडी टिमको सहभागिता रहेको थियो । पर्सा र धनुषामा महिला टिम नभएको कारणले दुई जिल्लाको सहभागिता हुन सकेको थिएन ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेहरूमध्ये १५ जना खेलाडीलाई मधेस प्रदेश टिमको लागि छनाोट गरिने संयोजक गौतम श्रेष्ठले जानकारी गराए । प्रतियोगितापछि दुईसम्म चल्ने बन्द प्रशिक्षणमा खेलाडी छनाोट गरिने उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar