काठमाडौं – सेयर बजार आज सामान्य बढेको छ । दिनभर उतारचढाव भएको सेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६० अङ्कले बढेर १ हजार ९ सय ८८ दशमलव ०४ विन्दुमा पुगेको छ ।
आज होटल तथा पर्यटन, बीमा र व्यापारबाहेक अरू समूहको सेयर बढेकोमा विकास बैंक, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज बोटलर्स नेपालको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कुथेरी बुखारी हाइड्रोपावरको सेयर भने साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज १ करोड २० लाख कित्ता सेयर ३ अर्ब ९० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १४ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar