काठमाडौं– वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदारहरु पठाउने काम भइरहेको विभागले जनाएको छ ।
यस्तै इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिकहरू लैजाने विषयमा इजरायलसँग छलफल भइरहेपनि यस विषयमा कुनै पनि निर्णय भइ नसकेको विभागको भनाइ छ ।
इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्ति तथा समूहहरूले गैरकानुनी रूपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना आएको भन्दै विभागले सचेत रहन अनुरोध गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar