काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताएका छन् ।
आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले अर्थतन्त्र पहिलेभन्दा धेरै सुधार भएको दाबी गरेका हुन् ।
“मौद्रिक नीतिमा सहज गर्न केही समय लाग्यो । तर हामीले धेरै छलफलबाट मौद्रिक नीतिमा सहजता प्रदान गर्न सकियो,” उनले भने, “ठेक्कापट्टामा पनि चाँडो गर्न कार्यविधि बनाइरहेका छौँ । अहिले अर्थतन्त्र सकारात्मक स्थितितर्फ उन्मुख छ ।”
अहिले पुँजीगत खर्च र राजस्व वृद्धिमा सुधार भइरहेको अर्थमन्त्री महतले बताए । सेयर बजारमा मौद्रिक नीतिको समीक्षाले सकारात्मक प्रभाव पारेको उनको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar