काठमाडौं– सेयर बजार आज बढेको छ । हिजो सोमवार १५ अङ्कले घटेको सेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८६ अङ्कले बढेर १ हजार ९ सय ८५ दशमलव ४४ विन्दुमा पुगेको छ ।
आज सबै समूहको सेयर बढेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, विकास बैंक, व्यापार, माइक्रोफाइनान्स, फाइनान्स समूहको सेयर उच्च अङ्ले उकालो लागेको छ ।
आज बोटलर्स नेपाल, धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सीवाईसी नेपाल लघुवित्तको सेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज १ करोड २४ लाख कित्ता सेयर ४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar