काठमाडौं– एसीसी यू–१९ एसिया कपको भारतविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
दुबईको आइसिसी एकेडेमी ओभल–२ मैदानमा भारतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।
एसिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको छिनोफानो भइनसकेकोले आज हुने समूह चरणको अन्तिम खेल सबै टिमका लागि निकै महत्वपूर्ण छ ।
नेपाल रहेको समूह ‘ए’मा पाकिस्तान ४ अंकसहित शीर्ष स्थानमा छन् । समान २ अंक रहेको भारत दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छन् ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar