काठमाडौं– राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति हालसम्म पाँच दलले दर्ताको निवेदन दिएका छन् ।
दर्ताका निम्ति आह्वान गरिएको दोस्रो दिन सोमबार दिउँसो १ः३० बजेसम्म पाँच दलले निवेदन दिएको निर्वाचन आयोगले जानकारी गराएको छ ।
दल दर्ताको निवेदन दिनेमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन् ।
आउँदो माघ ११ गते हुने निर्वाचनका निम्ति आइतबारदेखि दल दर्ता सुरु गरिएको हो । दर्ताका निम्ति आयोगले मंसिर २९ गतेसम्मको समय तोकेको छ ।
आगामी फागुन २० गते राष्ट्रियसभाका २० पद रिक्त हुँदै छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar