काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिदबिक्री प्रकरणमा गलत र भ्रामक प्रचार गरेर सरकारको बदनाम गर्न खोजिएको गुनासो गरेका छन् ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अतिवादीहरुले भ्रमपुर्ण रुपमा गलत प्रचार प्रसार गरेको बताएका हुन् ।
आफू दुबईमा भएको बेला एनसेल खरिद बिक्रीको समाचार अनलाइनहरुमा देखेपछि आफूले यस विषयलाई गम्भीर रुपमा लिएर उतैबाट बुझ्ने काम गरेको उनले बताए ।
‘मैले यो विषय दुबईबाटै बुझ्न लगाएको हो । यहाँ फर्केको भोलिपल्ट मुख्यसचिवलाई राखेर एनसेलको कर लगाएतका विषय बुझ्न लगाए । निर्देशन जारी गरेँ,’ उनलेले भने, ‘विषयको गम्भीरता हेर्दा गठबन्धन दलको बैठक बोलाएर यो स्वभाविक छैन, यहाँ गढबढ छ, बोल्डली जानुपर्छ भनियो । क्याबिनेटबाट निर्णय गरियो । तर, केही मिडियामा एनसेल प्रकरणमा सरकारले अर्बौं भ्रष्टाचार गरेको आरोप लगाइँदै छ। यो दुस्प्रचार हो।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar