काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले थप १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । केही दिन यता सार्वजनिक खरिद अनुगमन समितिले समयअवधीमा काम नगर्ने, अटेर गर्ने कम्पनीहरुलाई कालोसूचीमा राख्ने गदैं आएको थियो ।
खरिद अनुगमन कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गरेर विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।
कालोसूचीमा राखिएका व्यवसायीरआपूर्तिकर्ता कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar