काठमाडौं – काठमाडौं उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ । केही दिनदेखि देशका धेरै ठाउँमा हुस्सु कुहिरो लाग्न थालेको छ । मौसम पूरै सफा हुन सकेको छैन ।
पश्चिमी वायुसँगै न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली हुँदै आइरहेको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार अझै केही दिनको मौसम यस्तै रहने अनुमान छ । पहाडी क्षेत्रमा दिउँसो घाम लागे पनि फेरि बादल लाग्ने क्रम चलिरहेको छ ।
यस्तै, तराईका जिल्लामा ढिलोगरी मात्रै कुहिरो हट्ने गरेको छ । यसले गर्दा तराईको जनजीवन प्रभावित हुन थालेको छ । आज पनि तराईमा बाक्लो कुहिरो लागेको छ । दिउँसो पछि मात्रै कुहिरो हट्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पहाडी क्षेत्रमा भने केहीबेरपछि कुहिरो हटेर घाम लाग्ने अनुमान छ ।
यस्तै, आज पनि उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको अनुमान गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar