काठमाडौं– विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार भएको छ ।
विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि आइतबार साँझ विराटनगर–१६ दक्षिण गेटदेखि पारी सीमाक्षेत्र भारतीय भूमि जोगबनीमा अज्ञात समूहले गोली प्रहार गरेको थियो ।
उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको उनले बताए ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । उनको वायाँ तिघ्रामा गोली लागेको छ ।
उनलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी अस्पताल पुर्याएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar