काठमाडौं – तिव्र रुपमा सडकको चार लेन बिस्तार कार्य भईरहेको नागढुंगा मुग्लिन सडकमा अव कालोपत्रे गर्ने तयारी भएको छ ।
नागढुंगा मुग्लिन सडक विस्तार आयोजनाले रिटेनिङ वालको काम सकिएका ठाउँहरुमा यही महिनादेखि क्रमशः कालोपत्र गर्दै जाने जनाएको छ । योजना प्रमुख ईश्वर रिजालले रिटेनिङ वाल लगाइएका स्थानहरुमा अव कालोपत्र गर्ने तयारी पूरा भइसकेको जानकारी दिए । ‘हामीले यसअघि नै कालोपत्र गर्ने तयारी गरेका थियौं। तर सानो सानो खण्ड भएकाले केही अप्ठेरो भएको थियो,’ उनले भने, ‘कालोपत्रको काम सुरु गर्न हामीलाई रेटेनिङ वालको काम सकिएको एउटा सेक्सन ५ किलोमिटर चाहिन्छ। अब यस्ता सेक्सन तयार भएका छन्। त्यसैले कालोपत्रे गर्ने काम यो महिनाको अन्तिमबाट सुरु गर्न लागिएको हो।’ उनले भने ।
नागढुंगादेखि मलेखुसम्मको सडकमा रिटेनिङ वालको काम सकिइसकेको छ। तर कालोपत्र नगरिएका कारण यो सडक भएर ओहोरदोहोर गर्नेले निकै सास्ती झेल्नुपरिरहेको छ। रिजालका अनुसार सुरुमा नागढुंगा नौबिसे खण्डको नौबिसेदेखि खत्रीपौवासम्म ८ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी छ। निर्माण व्यवसायीले साइटमा आवश्यक सामग्री ढुवानी गर्न थालिसकेका छन्। दोस्रो प्याकेजमा नौबिसे(मलेखु खण्डको १५ किलोमिटर र तेस्रो प्याकेजमा मलेखु(मुग्लिन खण्डको ७ किलोमिटर सडक कालोपत्र गर्ने तयारी छ। तर तीन वटा प्याकेजमा ३० किलोमिटर कालोपत्रको काम फटाफट भने हुने छैन। आयोजनाले असारसम्म कालोपत्र गर्ने योजना बनाएको छ।
आगामी असारसम्म तीन वटा प्याकेजमा गरी ३० किलोमिटर भन्दा बढी सडक कालोपत्र गर्ने योजना रहेको समेत योजना प्रमुख रिजालले बताए । विश्व बैंकको १९ अर्ब रुपैयाँ ऋण सहयोगमा तीन वर्षमा सक्ने गरी सुरु गरिएको सडक विस्तारको काम अहिले तिब्र रुपमा भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar