काठमाडौं – दाङको तुलसीपुरमा खाना पकाउने क्रममा एक महिला आगो लागेर गम्भीर घाइते भएकी छन् ।
खाना पकाउने क्रममा आफूले लगाएको धोतीमा आगो सल्किँदा तुलसीपुर–७ बस्ने ६९ वर्षीया दुर्पेता जैसी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
आगोले छाती र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए । घाइते जैसीलाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी निरीक्षक मल्लले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar