काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान भएका छन् ।
उनी कतारमा डिसेम्बर १० अर्थात आइतबारदेखि सुरु हुन गइरहेको दोहा २१ औँ फोरम सम्मेलनमा सहभागी हुन आज बिहान ७ः ४५ बजे कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान भएका हुन् ।
उनले उक्त फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा इजरायलमा वेपत्ता भएका विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनका स्वकीय सचिव दीपक जोशीले बताए ।
कतारमा उनले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका छ ।
मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइबारे कुरा गरेका थिए ।
परराष्ट्रमन्त्री साउदले शुक्रबारमात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरूका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar